KYM Update

News

कोशिस दशौ समूहको दोश्रो WE CAN कार्यशाला सम्पन्न

  • Bishal Timalsina
  • Oct 11, 2026 (20 hours ago)
  • Banepa -7
कोशिस दशौ समूहको दोश्रो WE CAN कार्यशाला सम्पन्न
बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आबद्ध दशौं समूहको दोश्रो WE CAN कार्यशाला मिति २०८३ आश्विन २३ गते शुक्रबार कमलामाई नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

बागमती प्रोस्कूनको आयोजना र कमलामाई नगरपालिकाको साझेदारीमा समूहमा आवद्ध ७ वटा सहकारी सस्थाहरुको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता बागमती प्रोस्कूनका संचालक सदस्य श्री कृष्णहरी कोइरालाले गर्नुभएको थियो भने कमलामाई नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद गौतम तथा भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख श्री मुकेश तामाङको आतिथ्यता रहेको थियो । भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख श्री मुकेश तामाङले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सदस्य सुदृढिकरण तथा सशक्तिकरण अधिकृत किशोर पौडेलले गर्नुभएको थियो ।

सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका संघका सदस्य सुदृढिकरण तथा सशक्तिकरण अधिकृत किशोर पौडेलले साधारण सभा सञ्चालन निर्णय तथा प्रतिवेदन लेखन सँग सम्वन्धित रही अनुशिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी ७ वटा सहकारी संस्थाले आफ्नो सहकारी संस्थाको अवस्थाको विषयमा कोशिस कार्यक्रमको सूचकको आधारमा प्रस्तुतीकरण गर्नु भएको थियो । संस्थाहरुले गरेको प्रस्तुतीकरणमा सदस्य सुदृढिकरण तथा सशक्तिकरण अधिकृत किशोर पौडेलले पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो ।

कार्यशालाले आगामी तेश्रो कार्यशाला संघको आयोजनामा २०८३ पौष १८ गते शनिबार अयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको छ ।

Other News

Affiliations