KYM Update
Events

News

कोशिस पाँचौ समूहको 4th WE CAN Workshop सम्पन्न

  • Bishal Timalsina
  • Oct 02, 2026 (23 hours ago)
  • Banepa -7
कोशिस पाँचौ समूहको  4th WE CAN Workshop सम्पन्न
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा सञ्चालित स्तरीकरण कार्यक्रममा आवद्ध ललितपुर महानगरपालिका भित्रका पाँचौ समुहका सहकारी संस्थाहरुको 4th WE CAN Workshop बागमती प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंमा मिति २०८३ आश्विन महिनाको १५ गते सम्पन्न भएको छ ।

बागमती प्रोस्कूनका सचिव श्री ठाकुर प्रसाद बास्कोटा अध्यक्षता र ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन शाखा प्रमुख श्री दयाराम खत्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख श्री सुदर्शन दाहालले कार्यक्रमको उदेश्य तथा उपदेयता माथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । बागमती प्रोस्कूनका ज्ञान अनुसन्धान नीति तथा नवप्रवर्तन सहायक रामकृष्ण दुलालले सञ्चालन गर्नुभएको कार्यक्रममा कोशिस पाँचौ समूहका ७ वटा सहकारीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रवद्र्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हासिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा नियमति अनुशिक्षणको अभ्यास अन्तर्गत सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख सुदर्शन दाहालले वार्र्षिक साधारण सभा तथा प्रतिवेदन लेखन सम्बन्धमा प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा आवद्ध समूहका ७ वटा साकोसहरुका पछिल्लो तीन महिनाको प्रगति विवरण सहित कोशिसमा आवद्ध हुनुपूर्वको संस्थाको अवस्था र हाल सुधार भएका क्रियाकलापका विषय समेत समेटेर तयार गरेको प्रस्तुतिकरण र सो उपर पृष्ठपोषण विभागीय प्रमुख सुदर्शन दाहालले गर्नुभएको थियो भने आगामी ३ महिनामा पुरा गर्नुपर्ने क्रियाकलापहरुमा सामूहिक प्रतिवद्धता समेत गराउनुभएको थियो ।

उक्त समूहको आगामी चौथो कार्यशाला २०८३ पौष १६ गते विहिवार बागमती प्रोस्कूनको आयोजनामा सदस्य सेवा कार्यालय मिनभवनमा आयोजना गर्ने निर्णय सहित सम्पन्न भएको छ ।

Other News

Affiliations