KYM Update
Events

News

कोशिस छैटौ समूहको 4th WE CAN Workshop सम्पन्न

  • Bishal Timalsina
  • Oct 03, 2026 (18 hours ago)
  • Banepa -7
कोशिस छैटौ समूहको  4th WE CAN Workshop  सम्पन्न
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा सञ्चालित स्तरीकरण कार्यक्रममा आवद्ध ललितपुर महानगरपालिका भित्रका छैटौ समुहका सहकारी संस्थाहरुकोे 4th WE CAN Workshop बागमती प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंमा मिति २०८३ आश्विन महिनाको १६ गते सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका सञ्चालक सदस्य श्री कृष्ण गोविन्द लाखाजुको अध्यक्षता र ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन शाखा प्रमुख श्री दयाराम खत्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा कोशिस छैटौ समूहका ८ वटा सहकारीका प्रतिनिधिहरुको उपस्थितीमा सञ्चालित कार्यशालमा आयोजक संस्थाको तर्फवाट उपस्थित सम्पूर्णलाई कार्यक्रमको औचित्यता र उपदेयतामाथि प्रकाश पार्दै बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण अधिकृत श्री किशोर पौडेलले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ज्ञान, अनुसन्धान, निती तथा नवप्रवर्तन सहायक रामकृष्ण दुलालले गर्नुभएको थियो ।
सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रवद्र्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हासिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा नियमति अनुशिक्षणको अभ्यास अन्तर्गत सदस्य सुदृढिकरण तथा सशक्तिकरण अधिकृत श्री किशोर पौडेलले साधारण सभा सञ्चालन तथा प्रतिवेदन लेखन विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा आवद्ध समूहका ८ वटा साकोसहरुका पछिल्लो तीन महिनाको प्रगति विवरण सहित कोशिसमा आवद्ध हुनुपूर्वको संस्थाको अवस्था र हाल सुधार भएका क्रियाकलापका विषय समेत समेटेर तयार गरेको प्रस्तुतिकरण र सो उपर पृष्ठपोषण कार्यक्रम अधिकृत किशोर पौडेलले गर्नुहुँदै आगामी ३ महिनामा पुरा गर्नुपर्ने क्रियाकलापहरुमा सामूहिक प्रतिवद्धता समेत गराउनुभएको थियो ।
उक्त समूहको आगामी पाँचौ कार्यशाला २०८३ पौष १७ गते बागमती प्रोस्कूनको आयोजनामा सदस्य सेवा कार्यालय मिनभवनमा आयोजना गर्ने निर्णय सहित सम्पन्न भएको छ ।

Other News

Affiliations