बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) को अयोजनामा २ दिने बैठक ब्यवस्थापन, माईन्युट लेखन तथा प्रतिवेदन तयारी सम्बन्धी तालिम मिति २०८३ आश्विन १७ र १८ गते दोलखा, चरिकोट स्थीत छिडी रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष श्री जिवसराज खड्काको अध्यक्षता रहेको तालिमको उद्घाटन सत्रमा संघका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालले तालिमको औचित्य, आवश्यकता तथा उपयोगितामाथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का व्यवस्थापक राजकुमार शिवभक्ति ले गर्नुभएको थियो ।
सहकारी संघ/संस्थाहरूको संस्थागत सुशासन, व्यवस्थापकीय क्षमता तथा अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा बागमती प्रदेशभित्रका विभिन्न जिल्लाका विभिन्न सहकारी संघ/संस्थाबाट २६ जना सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो ।
दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहकारी वैठक व्यवस्थापनका वर्तमान अभ्यास अन्वेषण, निर्णयको संरचना र निर्णय गुणस्तर परीक्षण, बार्षिक साधारण सभा सम्वन्धी निर्णय लेखन तथा प्रतिवेदन लेखन, विषेश समितिका बैठक तथा असल अभ्यासहरु, प्रभावकारी वैठक सञ्चालन विधी, निर्णय प्रमाणिकरण माईन्युट व्यवस्थापन र अभिलेखीकरण तथा निर्णय कार्यान्वयन विषयसंग सम्बन्धीत रही प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रमा संघका वरिष्ठ उपाध्यक्ष श्री जिवसराज खड्काले तालिममा सहभागी सम्पूर्णलाई सहभागीताको प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम समापन भएको थियो ।