KYM Update

News

वित्तीय विश्लेषण एवम् पर्ल्स अनुगमन तालिम सम्पन्न

  • Bishal Timalsina
  • Oct 11, 2026 (19 hours ago)
वित्तीय विश्लेषण एवम् पर्ल्स अनुगमन तालिम सम्पन्न

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) को आयोजनामा मिति २०८३ आश्विन २२ देखि २४ गते सम्म बानेश्वर, मिनभवन स्थीत बागमती प्रोस्कूनको सभाहलमा सञ्चालित ३ दिने वित्तीय विश्लेषण एवम् पर्ल्स अनुगमन सम्बन्धी तालिम सम्पन्न भयको छ ।
बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता रहेको तालिमको उद्घाटन सत्रमा सचिव श्री ठाकुरप्रसाद बास्कोटा तथा संघका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालको विशेष उपस्थिति रहेको थियो । संघका सचिव श्री ठाकुरप्रसाद बास्कोटाले तालिमको औचित्य, आवश्यकता तथा उपयोगितामाथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका ज्ञान, अनुसन्धान, नीति तथा नवप्रवर्तन विभाग प्रमुख श्री विमला पुडासैनीले गर्नुभएको थियो ।
सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूलाई पर्ल्स वित्तीय अनुगमन प्रणालीसम्बन्धी ज्ञान तथा व्यावहारिक सीप प्रदान गरी संस्थाको वित्तीय अवस्था विश्लेषण, जोखिम व्यवस्थापन, तरलता तथा पूँजीको प्रभावकारी व्यवस्थापन र वित्तीय कार्यसम्पादन सुधार गर्न सक्षम बनाउने उदेश्यले सञ्चलित तलिममा संघका प्रमुख कार्यकारी अधिकृतले प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण गर्नुभएको थियो भने सघंका ज्ञान, अनुसन्धान, नीति तथा नवप्रवर्तन विभाग प्रमुख श्री विमला पुडासैनीले पनि पर्ल्स का विभिन्न सुचकहरुमा आधारीत रहेर प्रशिक्षण गर्नुर्भको थियो । काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौ जिल्लाका १६ सहकारी सस्थाबाट १७ जनाको उपस्थिती रहेको तालिम अवधिभर संघका ज्ञान, अनुसन्धान, नीति तथा नवप्रवर्तन विभागका सहायक श्री रामकृष्ण दुलालले आवश्यक प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रमा संघका अध्यक्ष श्री उद्धव सापकोटाज्यूले तालिममा सहभागी सम्पूर्णलाई सहभागीताको प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम समापन भएको थियो

Other News

Affiliations