KYM Update

News

कोशिस दोस्रो समूहको बाह्रौ WE CAN कार्यशाला सम्पन्न

  • Bishal Timalsina
  • Nov 01, 2026 (19 hours ago)
  • Banepa -7
कोशिस दोस्रो समूहको बाह्रौ WE CAN  कार्यशाला सम्पन्न
बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध दोस्रो समूहका संस्थाहरुको बाह्रौ WE CAN कार्यशाला जोरपाटी साकोस जारेपाटी काठमाडौको आयोजना तथा बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा छिमेकी पार्टी प्यालेस जोरपाटीको सभाहलमा मिति २०८३ कार्तिक १४ गते शनिवार सम्पन्न भएको छ ।
जोरपाटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री महेश आचार्यको अध्यक्षता रहेको उक्त कार्यशालामा बागमती प्रोस्कूनका सचिव श्री ठाकुर प्रसाद बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन आयोजक साकोसका सचिव श्री सरस्वती लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा ७ वटा सहकारी सस्थाबाट ३५ जना सहभागीहरुको सहभागीता रहेको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोवार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका ज्ञान अनुसन्धान नीति तथा नवप्रवर्तन विभाग प्रमुख श्री विमला पुडासैनीले सहकारीको कागजी (लिखत) तयारी सन्दर्भमा व्यवहारिक अभ्यास र कानूनी प्रावधानका बारेमा महत्वपूर्ण अनुशिक्षण गर्नुभएको थियो
कार्यक्रममा सहभागी ७ वटै सहकारी संस्थाले कोशिसको सूचकमा आधारित रही सहकारी संस्थाको अवस्था र प्रगति प्रस्तुति गर्नुभएको कार्यक्रममा संघका ज्ञान अनुसन्धान नीति तथा नवप्रवर्तन विभाग प्रमुख श्री विमला पुडासैनीले पृष्ठपोषण सहित सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाले आगामी तेह्रौ WE CAN कार्यशाला भद्रवास बचत तथा ऋण सहकारी सस्था लि को आयोजनामा मिति २०८३ माघ १७ गते आइतवार आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको छ ।

Other News

Affiliations